काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज पनि बस्दैछ।
महाधिवेशनको मिति टुंग्याउने विषयमा सहमति नजुटेकै समय हिजोबाट सुचारु भएको बैठक आज बिहान साढे ११ बजे सानेपामा बस्ने मुख्य सचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।
हिजोको बैठकमा महाधिवेसन तालिकाबारे दुई फरक प्रस्ताव पेस भएका छन्। संस्थापन पक्षले बैशाख र इतर पक्षले पुसमा महाधिवेसन गर्नुपर्ने फरक प्रस्ताव पेश गरेका हुन्।
महामन्त्री गगन थापाले पुस १६ देखि १९ गतेसम्म केन्द्रीय महाधिवेशन गर्ने प्रस्ताव पेश गर्दा सहमहामन्त्री महेन्द्र यादवको वैशाख २७ गतेदेखि ३० गतेसम्म महाधिवेसन गर्ने अर्को प्रस्ताव आएको छ।
हिजोको बैठकमा यी प्रस्तावहरुमाथि ८ जना केन्द्रिय सदस्यले धारणा राखेका थिए। आज अरु केन्द्रिय सदस्यहरुले धारणा राख्ने मुख्य सचिव पौडेलले बताए।