काठमाडौं । नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा नेतृत्वको कार्यसमितिको म्याद थप्ने निर्णय भएको छ।
सोमबार बसेको केन्द्रीय कार्यसमितिको बैठकले देउवा नेतृत्वको कार्यसमितिको म्याद थप गर्ने निर्णय गरेको हो।
१४औं महाधिवेशन सम्पन्न भएको मितिले यही मंसिरबाट केन्द्रीय कार्यसमितिको म्याद सकिँदै थियो ।
देउवा नेतृत्वको कार्यसमितिको म्याद आगामी माघ मसान्तसम्म रहनेछ ।
पुस मसान्तमा महाधिवेशन गर्ने मिति तय भएकाले त्यसमा थप दुई महिनाको अवधि राखेर म्याद थपिएको काँग्रेसका एक नेताले जानकारी दिए।
कांग्रेसको विधानमा विशेष परिस्थितिमा एक वर्षसम्म म्याद थप्न सकिने प्रावधान छ ।