Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

ओलीले उठाए सुदन गुरुङको नागरिकतामाथि प्रश्न, भने - छानबिन गर्नुपर्छ

ओलीले उठाए सुदन गुरुङको नागरिकतामाथि प्रश्न, भने - छानबिन गर्नुपर्छ

शुक्रवार , आश्विन ३१, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले ‘हामी नेपाल’ का संयोजक सुदन गुरुङको नागरिकतामाथि नै प्रश्न उठाएका छन् ।

पार्टीको केन्द्रीय कमिटी बैठकमा नेताहरूका प्रश्नहरूको जवाफ दिने क्रममा ओलीले गुरुङको नागरिकता र उनको संगठनसँग सम्बन्धित गतिविधिप्रति शंका व्यक्त गरेका हुन् ।

ओलीले भने, 'टीओबीहरूले आदेश दिने, मलाई थाहा छैन उनको नागरिकता गोरखाको हो कि होइन, मान्छे पनि गोरखाको हो ? हामीले २३ गते नै भनेका थियौं, छानबिन गर्नुपर्छ भनेर ।'

उनले हालै सार्वजनिक रूपमा चर्चामा आएको ‘टीओबी’ समूहको नामसमेत लिँदै त्यसले आदेश दिएको दाबी गरे र त्यसप्रति तीव्र असन्तुष्टि जनाए ।

ओलीका अनुसार, गुरुङ पक्षका व्यक्तिहरूले एमालेका कार्यकर्तामाथि दबाब सिर्जना गर्न खोजेको र गृह मन्त्रालयसम्म उजुरी हाल्न लगाइएको आरोपसमेत लगाएका छन्।

पूर्वप्रधानन्यायाधीश सुशीला कार्की प्रधानमन्त्री बनेको विषयमा पनि ओलीले असहमति जनाए । उनले भने,'पूर्वप्रधानन्यायाधीश प्रधानमन्त्री बन्न मिल्दैनथ्यो। उहाँले अस्वीकार गर्नुपर्थ्यो। मैले त केयरटेकरको रुपमा सबैसँग छलफल गर्नुस् भनेको थिएँ, तर गर्न पाइँदैन।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077