काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पार्टीको नियमित १५औँ महाधिवेशन आगामी मंसिर मसान्तभित्रै सम्पन्न गर्न प्रस्ताव गरेका छन्।
कांग्रेसको जारी केन्द्रीय समिति बैठकमा महामन्त्री थापाले दुई वैकल्पिक कार्यतालिकामध्ये एकमा मंसिर २७ देखि २९ गतेसम्म महाधिवेशन गर्ने प्रस्ताव प्रस्तुत गरेका हुन् ।
थापाले महाधिवेशन तयारीका क्रममा सदस्यता वितरण र व्यवस्थापनलाई तीव्रता दिने उद्देश्यले १६५ वटै निर्वाचन क्षेत्रमा १५ दिनका लागि केन्द्रबाट अधिकारसम्पन्न आवासीय प्रतिनिधि पठाउने व्यवस्था गर्न सुझाव दिएका छन्।
पार्टीभित्र संगठन सुदृढीकरण र समयमै नेतृत्व हस्तान्तरण सुनिश्चित गर्न निर्धारित अवधिभित्र महाधिवेशन सम्पन्न गर्नु आवश्यक रहेको उनले बताए ।