काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले नेपाल प्रहरी र उनीहरूको स्रोत साधनबिना आउँदो निर्वाचन असम्भव रहेको बताएका छन्।
७० औं प्रहरी दिवसका अवसरमा शुक्रबार आयोजित कार्यक्रममा बोल्दै गृहमन्त्री अर्यालले निर्वाचनको वातावरण बनाउनेक्रममा प्रहरीलाई पनि श्रोत साधन र मनोबलका हिसावले संमृद्ध र शक्तिशाली बनाउनुपर्ने बताए।
मन्त्री अर्यालले भने- 'सीमित स्रोत साधनमा काम गर्दै आएको प्रहरीलाई यस आन्दोलनले निकै ठूलो क्षति पुर्याएको छ । नेपाल प्रहरी र उनीहरूको स्रोत साधन नभए निर्वाचन समेत असम्भव छ।'
उनले यस विषयमा गम्भीरताका साथ सरकारले सोचेको र प्रहरीलाई स्रोतसधानका लागि आफूहरूले काम गर्ने बताए।
२३ र २४ भदौमा भएको घटना प्रहरीका जवानहरूप्रति श्रद्धाञ्जली दिदैं मृत्यु भएकोप्रति दुस्ख व्यक्त गरे ।
जेनजी प्रर्दशनसंगै बाढीपहिरोमा केही दिनअघि अभाव, प्रभाव र दबाबका बावजुद प्रहरीले निर्वाह गरेको भुमिकाको समेत उनले प्रशंसा गरेका छन्।
अबका दिनमा स्रोत साधनले प्रहरीलाई सक्षम र प्रविधिमैत्री बनाउन मन्त्रालय तत्पर रहेको उनले बताए ।

