Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

जेनजीको नाममा अराजकता फैलाउनेलाई नियन्त्रणमा लिने गृहमन्त्रीको चेतावनी

जेनजीको नाममा अराजकता फैलाउनेलाई नियन्त्रणमा लिने गृहमन्त्रीको चेतावनी

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनको नाममा विभिन्न कार्यालयमा गएर कर्मचारीलाई धम्क्याउने माथि सरकारले निगरानी राखेको बताएका छन् ।

गृह मन्त्रालय परिसरमा पत्रकारहरूसँग कुरा गर्दै उनले सुरक्षा चुनौती थप्ने खालका गतिविधिहरू गरेभइराखेको बताएका हुन् ।

अर्यालले भने- 'जेनजीको विद्रोह सुशासनका लागि हो। तर, जेनजीको नाममा कसैले गलत क्रियाकलाप गर्छ भने त्यो सुशासनविरोधी काम हो। त्यसलाई सरकारले निगरानीमा राख्छ र परिस्थिति अनुसार प्रहरीले नियन्त्रणमा लिन्छ। ‘सुशासन भनेको विधिको शासनबाट सुरु हुन्छ । ‘सबैले कानुन बमोजिम चल्नुपर्छ।'

उनले अधिकार नभएका व्यक्तिहरूले सरकारी वा संवैधानिक कार्यालयमा पुगेर कर्मचारीलाई धम्क्याउने वा हप्क्याउने छुट छैन भन्दै कानुनको शासन पालना गर्न सबैलाई सुझाव दिए।

हालै केही व्यक्तिहरूले जेनजीको नाममा अख्तियार दुरुपयोग अनुसन्धान आयोग, नेपाल वायु सेवा निगम, नेपाल नागरिक उड्डयन प्राधिकरणलगायतका कार्यालयमा पुगेर कर्मचारीलाई राजीनामा दिन दबाब दिने खालका घटनाहरु सार्वजनिक भएका थिए।

यस्ता खालका गतिविधी भएको पाइएमा नियन्त्रणमा लिने समेत चेतावनी दिएका छन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077