Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

केन्द्रीय कमिटी बैठकमा ओली बोलिरहँदा झ्याप्प बत्ति गएपछि गाली खाए सहभागीले

केन्द्रीय कमिटी बैठकमा ओली बोलिरहँदा झ्याप्प बत्ति गएपछि गाली खाए सहभागीले

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । जावलाखेलको भनिमण्डलस्थित रामबाग महलको हलमा जारी नेकपा एमालेको केन्द्रीय कमिटी बैठकमा अध्यक्ष केपी शर्मा ओलीले बैठक हलभित्र होहल्ला नगर्न भन्दै सहभागीहरुलाई थर्काएका छन् ।

ओलीले सम्बोधन गरिरहँदा झ्याप्पै बत्ति गएपछि बैठकमा होहल्ला सुरु भएको थियो । बैठकलाई सम्बोधनको क्रममा आोलीले आफ्नो पार्टी अरुजस्तो ‘चटके’ र सिमलको भुवाजस्तो उडन्ते नभएको बताइरहेका थिए ।

त्यही बेला झ्याप्प बत्ती गयो । ओली बोलिरहेका बेला शान्त हलमा बत्ती गएपछि हल्ला पनि सुरु हुन थाल्यो । बैठकमा सहभागीहरु आफ्नो स्थानबाट उठेर बाहिरतिर निस्किन थाले ।

केहीबेरमै बत्ती आयो । तर, हल्ला बन्द भएन । त्यसपछि ‘डिस्टर्ब’ महसुस गरेका ओलीले हल्ला नगर्न भन्नै सबैलाई आग्रह गरे । ओलीले भने–‘हेलो ! पछाडि के छ त्यहाँ ? केही पसल–ससल छ कि क्या हो ?’

अझै हल्ला कम नभएपछि ओलीले ‘प्लिज यो हलभित्र चाहिँ नबोलौं त’ भन्दै निर्देशन पनि दिए । केन्द्रीय कमिटीको पहिलो दिनको बैठकको उदघाटन समारोहमा केन्द्रीय सदस्यहरु बाहेक पार्टी कार्यकर्ता र मिडियाकर्मीहरु पनि थिए ।

केन्द्रीय सदस्यहरुबाहेकका अहरुलाई हलबाट बाहिर जान आग्रह गर्दै ओलीले भने–‘केन्द्रीय सदस्यहरुबाहेक अरु साथीहरु बाहिर जानु भए हुन्छ । र, बोल्न चाहिँ एकदम मनाही छ, ठ्याम्मै ।’

तर, अझै हल्ला नघटेपछि ओली अझ कडारुपमा प्रस्तुत हुँदै भने–आवाज बन्द भयो ? त्यता आवाज बन्द भयो साथीहरु ? आवाज त्यहाँ बन्द होस् है, कोही पनि नबोल्ने ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077