Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

वर्तमान सरकारकै कारण फागुनमा चुनाव हुँदैन : अध्यक्ष ओली

वर्तमान सरकारकै कारण फागुनमा चुनाव हुँदैन : अध्यक्ष ओली

बुधवार , आश्विन २९, २०८२

काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले वर्तमान अन्तरिम सरकारकै कारण तोकिएको समयमा चुनाव नहुने दावी गरेका छन्।

नेकपा एमाले केन्द्रीय कमिटीको १० औं बैठकलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले सरकारले चुनाव गराउने वातावरण बनाउन नसकेको आरोप लगाए।

उनले भने–‘फागुनमा चुनाव हुनेवाला छैन। चुनाव गराउने बाटो सरकारले समातेको छैन।’

अन्तरिम सरकारलाई ६ महिनाभित्र चुनाव गर्नुपर्ने म्यान्डेट छ। निर्वाचन आयोगले फागुन २१ गते निर्वाचनको मिति घोषणा गरेको छ।

जेनजीको नाममा योजनावद्ध तरिकाले संसद विघटन गरिएको दावी गर्दै ओलीले भने–‘असंवैधानिक ढंगले संसद विघटन गर्नुहुँदैन भनि फैसला गर्ने पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीले नै असंवैधानिक तरिकाले विघटन गरी आफू प्रधानमन्त्री बन्नुभएको छ ।’

‘यो असंवैधानिक सरकार हो। पूर्वन्यायाधीशले के गर्नु हुन्छ के गर्नु हुँदैन भन्ने कुरा संविधानमा लेख्या छ। पूर्वप्रधान्यायाधीशले आफै फैसला गर्ने । अनि आफै असंवैधानिक ढंगले प्रधानमन्त्री हुने। असंवैधानिक ढंगले संसद विघटन गर्नुहुँदैन भन्ने फैसला गर्ने उहाँहरू। अहिले आफैं असंवैधानिक तरिकाले विघटन गर्ने। यो एउटा योजनाअन्तर्गत गरिएको प्रतिगमन हो ।’ ओलीले थप भने ।

असली जेनजीको माग सरकार परिवर्तन र संसद भंग नभएको दावी गर्दै ओलीले भने–‘जेनजीको माग र जेनजी आन्दोलन भन्ने कुरा योसँग जोडिनु हुँदैन। सुशासन होस् , भ्रष्टाचार नियन्त्रण होस् र फेसबुकलगायत सामाजिक सञ्जाल खुला गरियोस् भन्ने जेनजीका माग थिए।अहिले पनि जेनजीहरूले भनिराख्या छन् प्रधानमन्त्रीको राजीनामा हाम्रो माग थिएन। संसद भंग गर्ने हाम्रो माग होइन्।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077