Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

म प्रधानमन्त्री हुँदा पार्टी भित्रै इर्ष्या, डाहा र खुट्टा तान्ने प्रवित्ति हावि थियो : ओली

म प्रधानमन्त्री हुँदा पार्टी भित्रै इर्ष्या, डाहा र खुट्टा तान्ने प्रवित्ति हावि थियो : ओली

बुधवार , आश्विन २९, २०८२

काठमाडौं। निवर्तमान प्रधानमन्त्री एवं नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू प्रधानमन्त्री भएका बेला पार्टीबाट कहिल्यै सहयोग नपाएको बताएका छन् ।
केन्द्रीय कमिटीको दशौं बैठकलाई सम्बोधन गर्दै ओलीले पार्टी भित्र सधैं इर्ष्या, डाहा, खुट्टा तान्ने स्थिति रहेको बताए।

उनले भने–‘इर्ष्या, डाहा, खुट्टा तान्ने स्थिति सधैं रह्यो। मेरो नेतृत्वको सरकारलाई कसरी असफल बनाउने भन्नेमा पार्टीभित्रैबाट लगातार विरोध, झुठ, फरेबको स्थिति बनाइयो।’

जेन–जीको दुई दिने आन्दोलनबाट यसपटक प्रधानमन्त्रीको पद त्याग गर्न बाध्य भएका ओलीले संविधान जारी भएपछिको निर्वाचनबाट बनेको नेकपाको सरकारलाई पार्टीभित्रैबाट असफल बनाइएको दावी गरे।

आफू नेतृत्वको सरकारले ऐतिहासिक महत्वका दूरगामी काम गर्दै गएपछि सरकार ढाल्ने काम भएको उनको भनाइ छ।

बैठकमा उनले एमाले सधैंका लागि सरकारबाट हट्‌यो भन्ने भ्रम नपाल्न चेतावनी समेत दिए । एमाले कमजोर नभएको बताउँदै उनले भने–‘कसैले अब सधैंका लागि एमाले सरकारबाट हट्यो भने ठानेको होला । यो भ्रम नपाले हुन्छ । एमाले, राजनीतिक, आर्थिक विकासको नायकत्व दिइरहेको पार्टी हो । व्यवहारमा यसले पुष्टि गरेको थियो । देखाएको थियो ।’

उनले एमाले सरकारमा हुँदा र नहुँदा के हुँदो रहेछ भन्ने अहिले विश्व बैंकको प्रतिवेदनले देखाएको दाबी गरे । उनले भने–‘हामी सरकारमा हुँदा र हट्दा के हुँदो रहेछ भन्ने अहिले विश्व बैंकले भनेको छ । ३ प्रतिशत यही वर्ष आर्थिक वृद्धिदर घट्छ भन्यो ।’

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077