Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

डीएनए परीक्षण : शव विपिनकै भएको पुष्टि, दुई वर्ष अघि नै हत्या

डीएनए परीक्षण : शव विपिनकै भएको पुष्टि, दुई वर्ष अघि नै हत्या

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । हमासबाट मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्ष अघि नै हत्या भएको पाइएको छ ।

इजरायलस्थित राष्ट्रिय फरेन्सिक मेडिसिन संस्थाले पहिचान प्रक्रिया पूरा गरेपछि यो घोषणा गरेको हो

हमासद्वारा मारिएका नेपाली युवा विपिन जोशीको झण्डै दुई वर्षअघि नै हुत्या भएको डीएनए परीक्षणले देखाएको छ।

इजरायली सैनिक अस्पतालमा गरिएको डीएनए परीक्षणको रिपोर्टमा उनको सन् २०२३ को अन्त्यतिरै मृत्यु भइसकेको देखिएको इजरायलस्थित दूतावासले जनाएको छ।

उनको शव अन्तर्राष्ट्रिय रेडक्रस सोसाइटी (आईसीआरसी) र सैनिक रब्बिनेटको सहकार्यमा सैनिक अस्पताल लगेर डीएनए परीक्षण गरेको थियो ।

विपिनलाई २३ वर्षको उमेरमा किब्बुत्ज अलुमिमको आश्रयस्थलबाट हमासले अपहरण गरिएको थियो । युद्धको पहिलो महिनामा बन्धक अवस्थामै हत्या गरिएको हुन सक्ने आइडीएफले दाबी गरेको छ ।

आइडीएफले परिवारप्रति गहिरो समवेदना व्यक्त गर्दै सबै मृतक बन्धकका शव दाहसंस्कारका लागि परिवारलाई फिर्ता गर्ने बताएको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077