Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

आज विपिन जोशीको अन्त्येष्टि गरिँदै

आज विपिन जोशीको अन्त्येष्टि गरिँदै

मंगलवार , कार्तिक ४, २०८२

काठमाडौँ । इजरायलबाट हमासको कब्जामा रहेका वेला मारिएका कञ्चनपुरका विपिन जोशीको आज राष्ट्रिय सम्मानसहित अन्त्येष्टि गरिँदैछ ।

कञ्चनपुरको भीमदत्त नगरपालिकास्थित निवासबाट बिहान ८ बजे शवयात्रा शुरु गरी महाकाली नदीको भुजेला घाटमा लगी दाहसंस्कार गरिन लागिएको हो ।

अध्ययनका लागि इजरायल पुगेका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। त्यसपछि अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायलले उनको मृत्यु पुष्टि गरेको थियो।

इजरायलले सोमबार जोशीको शव नेपाल पठाएको थियो । काठमाडौंबाट नेपाली सेनाले स्काई ट्रकमा ल्याएको शव धनगढी विमानस्थल हुँदै उनको घर लगिएको हो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077