काठमाडौं । विपिन जोशीको शव नेपाली सेनाले हेलीकप्टरमार्फत उनको घर कञ्चनपुर लगिएको छ।
सोमबार दिउँसो काठमाडौं विमानस्थल आइपुगेको शव हेलिकप्टरमार्फत आजै कञ्चनपुर लगिएको हो।
उनको अन्तिम दाहसंस्कार कञ्चनपुरमै गरिने छ।
त्यसअघि विमानस्थलमा प्रधानमन्त्री सुशीला कार्कीसहित गृहम्नत्री ओमप्रकाश अर्याल, ऊर्जामन्त्री कुलमान घिसिङलगायत मन्त्रीहरूले माल्यार्पण गरेर श्रद्धाञ्जली अर्पण गरेका थिए।
शव नेपाल पठाउनुअघि आइतबार इजरायलमा कार्यक्रम आयोजना गरी विपिनलाई श्रद्धाञ्जली दिइएको थियो।