Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमासले बन्धक बनाएका विपिन जोशीको शव आज नेपाल ल्याइँदै

हमासले बन्धक बनाएका विपिन जोशीको शव आज नेपाल ल्याइँदै

सोमवार , कार्तिक ३, २०८२

काठमाडौं । हमासद्वारा बन्धक बनाइएका बेला मारिएका नेपाली युवा विपिन जोशीको शव आज नेपाल ल्याइँदै छ।

सरकारका अनुसार उनको शव आज दिउँसो ३ बजे काठमाडौँस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा ल्याइपुर्‍याइनेछ । शव बुझ्ने र श्रद्धाञ्जली अर्पण गर्ने कार्यक्रमको तयारी भइसकेको बताइएको छ ।

ऊर्जा, जलस्रोत तथा सिँचाइ, भौतिक पूर्वाधार तथा यातायात तथा सहरी विकास मन्त्री कुलमान घिसिङले विपिनको पार्थिव शरीर बुझ्न र श्रद्धाञ्जली व्यक्त गर्न विमानस्थल पुग्ने जानकारी दिएका छन् ।

परराष्ट्र मन्त्रालयका अनुसार विपिनको शव नेपाली सेनाको संयोजनमा काठमाडौँबाट उनको गृहनगर कञ्चनपुर लगिनेछ।

शव नेपाल पठाउनुअघि आइतबार इजरायलको बेन गुरिओन विमानस्थलमा आयोजित श्रद्धाञ्जली कार्यक्रममा इजरायली सरकारका प्रतिनिधि, तेल अभिभस्थित नेपाली राजदूतावासका अधिकारी, इजरायलमा कार्यरत नेपाली समुदायका सदस्य र हमासद्वारा बन्धक बनाइएका व्यक्तिहरूका परिवारजन सहभागी भएका थिए।

कञ्चनपुरको भीमदत्त नगरपालिका-३ भाँसीका बासिन्दा विपिन ‘लर्न एन्ड अर्न’ कार्यक्रमअन्तर्गत कैलालीस्थित टीकापुर कृषि क्याम्पसबाट ४९ जना विद्यार्थीको टोलीमा २०८० भदौ अन्तिम साता इजरायल गएका थिए।

यसैबीच २०२३ अक्टोबर ७ का दिन हमासले इजरायलमा आक्रमण गर्दा १० नेपाली विद्यार्थी मारिए भने विपिन अपहरणमा परेका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077