काठमाडौं । सरकारले इजरायलमा ज्यान गुमाएका विपिन जोशीको परिवारलाई १० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने निर्णय गरेको छ ।
मन्त्रिपरिषद् बैठकले जोशीको परिवारलाई सो रकम उपलब्ध गराउने निर्णय गरेको सञ्चारमन्त्री समेत रहेका सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।
'अध्ययन भिषामा इजरायल गएको अवस्थामा गाजाको घटनामा परी मृत्यु भएका विपिन जोशीको परिवारलाई १० लाख आर्थिक सहयोग उपलब्ध गराउने निर्णय भएको छ,' उनले भने ।
अध्ययनका लागि इजरायल पुगेका विपिन जोशी गत २०२३ अक्टुबर ७ मा हमासले गरेको आक्रमणको क्रममा बन्धक बनाइएका थिए। त्यसपछि अवस्था अज्ञात रहेकोमा गत असोज २७ गते इजरायलले उनको मृत्यु पुष्टि गरेको थियो।