काठमाडौं । सर्वोच्च अदालतले आजदेखि रिट दर्ता गर्ने भएको छ। गत आइतबार बसेको अदालतको पूर्ण बैठकले जेनजी आन्दोलनका क्रममा आगजनीमा परेपछि बन्द रहेको रिट दर्ता एवं सुनुवाइ मंगलबार शुरु गर्ने निर्णय गरेको थियो।
जेनजी आन्दोलनका क्रममा सर्वोच्चको भवनमा आगजनी भएपछि रिट निवेदन, मुद्दा दर्ता र सुनुवाइजस्ता नियमित सेवा सुरु हुन सकेको थिएन ।
सर्वोच्चले एक महिनापछि रिट दर्ता र सुनुवाइ गर्न लागेको हो। भवनसँगै सर्वोच्चको सर्भरमा क्षति पुगेको थियो । सर्भर रिकभरको प्रयास भइरहेको सर्वोच्च प्रशासनले जनाएको छ ।
अन्य सेवा शुरु गर्न भने छठअघि सम्भव नभएको अदालतका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले जानकारी दिए। यद्यपि, केन्द्रीय सर्भर प्रणालीबाटै पेसी व्यवस्थापन हुने भएकाले देशैभरिका अदालतको सेवा प्रभावित बनेका छन्। ।
सेवा शुरु नभएसम्म म्याद नगुज्रने सर्वोच्च अदालतले प्रस्ट पारेको छ।