Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, देउवा पनि उपस्थित हुने

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, देउवा पनि उपस्थित हुने

मंगलवार , आश्विन २८, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ। बैठक दिउँसो १ बजे केन्द्रीय कार्यालय सानेपामा शुरु हुने केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिए।

सभापति शेरबहादुर देउवा पनि केन्द्रीय समिति बैठकमा सहभागी हुने भएका छन्। जेनजी आन्दोलनका क्रममा गत भदौ २४ गते बूढानीलकण्ठ स्थित आफ्नै निवासमा कुटिएपछि बाहिर नदेखिएका देउवा बैठकमा सहभागी हुने भएका हुन् ।

बैठकमा पेश गर्ने एजेण्डामा सहमति नजुटेका कारण त्यसअघि बिहान ११ बजे कार्यसम्पादन समितिको बैठक बोलाइएको छ। शीर्ष नेताहरूबीच केन्द्रीय समिति बैठकमा प्रस्तुत गर्ने एजेण्डाका विषयमा सहमति जुट्न सकेको छैन।

एजेण्डामा सहमति नजुटेका कारण यसअघि आइतबारदेखि बस्ने भनिएको केन्द्रीय समिति बैठक आजको लागि सारिएको थियो।

आज नै पार्टीको विशेष महाधिवेशनका निम्ति हस्ताक्षरसहितको प्रस्ताव दर्ता हुँदैछ । प्रस्ताव दर्ता गर्ने म्याद बिहान १० बजेसम्मका लागि थपिएको थियो ।

महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको अगुवाइमा देशभरबाट संकलित दुई हजार ४०० भन्दा बढी प्रतिनिधिको हस्ताक्षर पुगेको बताइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077