Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

बालेनलाई हर्कको काउन्टर : किसान होइन, हर्क साम्पाङ झैँ फोहोर लेख्नु नि !

बालेनलाई हर्कको काउन्टर : किसान होइन, हर्क साम्पाङ झैँ फोहोर लेख्नु नि !

मंगलवार , आश्विन २८, २०८२

धरान । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले काठमाडौं महानगरका मेयर बालेन शाहमाथि कडा प्रतिक्रिया दिएका छन्।

बालेनले सामाजिक सञ्जालमा प्रयोग गरेको ‘किसान झैँ फोहोर’ भन्ने अभिव्यक्तिप्रति साम्पाङले असन्तुष्टि जनाउँदै कडा प्रतिक्रिया दिएका हुन् । उनले लेखेका छन्-'किसान झैँ फोहोर लेख्नुभन्दा बरु हर्क साम्पाङ झैँ फोहोर लेख्नु नि !'

साम्पाङले माटो र किसानलाई देशको आत्मासँग जोड्दै थप लेखेका छन्-'माटोलाई फोहर ठान्नेहरूविरुद्ध हामी आएका छौँ — माटोको टीका लगाएर देश बचाउन !'

सामाजिक सञ्जालमा बालेनले सोमबार ‘किसान झैँ फोहोर नगर्नू’ भन्ने सन्दर्भमा टिप्पणी गरेका थिए, जसपछि कृषि पेशामाथि अपमानजनक व्यवहार गरेको भन्दै व्यापक आलोचना भइरहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077