Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्वोच्चमा मंगलबारदेखि रिट र अन्य निवेदन दर्ता खुल्ने

सर्वोच्चमा मंगलबारदेखि रिट र अन्य निवेदन दर्ता खुल्ने

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । सर्वोच्च अदालतले जेनजी आन्दोलनकारीबाट आगजनी भएको कारण रोकिएको न्यायिक कार्य क्रमशः सुरु गर्ने भएको छ ।

अदालतले आज आइतबार जारी गरेको सूचना अनुसार असोज २८ गतेदेखि रिट निवेदन तथा केही अन्य कानुनी निवेदन दर्ता र सुनुवाइ सुरु हुने जनाएको हो ।

अदालतका प्रवक्ता एवम् सह-रजिस्ट्रार अर्जुनप्रसाद कोइरालाद्वारा जारी सूचनामा भनिएको छ- 'मुलुकी देवानी कार्यविधि संहिता, २०७४ को दफा १५७ तथा मुलुकी फौजदारी कार्यविधि संहिता, २०७४ का दफा ७३, १३७ र १५५ अन्तर्गत पर्ने निवेदन मिति २०८२ असोज २८ गतेदेखि दर्ता र सुनुवाइ हुनेछन् ।'

प्रवक्ता अर्जुनप्रसाद कोइरालाका अनुसार, अन्य सम्पूर्ण सेवाहरू भने अर्को सूचना जारी नभएसम्मका लागि स्थगन नै रहनेछन्।

गत भदौ २३ २४ गते भएको जेनजी सर्वोच्च अदालत परिसरमा भएको आगजनी, ढुंगामुढा, तोडफोड र लुटपाटका कारण न्यायिक कार्य स्थगन गरिएको थियो । सो घटनाबाट अदालतको भवन, कागजात र अभिलेखमा समेत क्षति पुगेको थियो ।

554197565_815739741045039_6329172445249571930_n

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077