Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सरकारी सेवामा रहेका करारका कर्मचारीलाई पनि सुरक्षा कोषमा ल्याउनुपर्छ : सञ्चारमन्त्री खरेल

सरकारी सेवामा रहेका करारका कर्मचारीलाई पनि सुरक्षा कोषमा ल्याउनुपर्छ : सञ्चारमन्त्री खरेल

आइतवार , आश्विन २६, २०८२

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनुपर्ने बताएका छन्।

आइतवार काठमाडौंको सञ्चारग्रामस्थित न्यूनतम पारिश्रमिक निर्धारण समितिको कार्यालयमा अनुगमन गर्ने क्रममा उनले करारमा रहेका सरकारी कर्मचारीलाई सामाजिक सुरक्षा कोषको दायरामा ल्याउनका लागि तत्काल गृहकार्य गर्ने प्रतिबद्धता व्यक्त गरे।

सञ्चारमन्त्री खरेलले अन्य सरकारी कर्मचारीहरूले पेन्सन लगायतका सुविधा पाउने भएकाले करारमा रहेका कर्मचारीलाई सामाजिक सुरक्षाकोषको दायरामा ल्याउन आवश्यक रहेको तर्क गरे। उनले सबै सञ्चारकर्मीहरूलाई उक्त कोषको दायरामा ल्याउन सरकार लागिपरेको बताए।

सञ्चारमन्त्री खरेलले भने- 'सरकारी सेवामा रहेका करारका कर्मचारीहरूलाई पनि सुरक्षाकोषमा ल्याउनुपर्‍यो। अरू कर्मचारीहरूको सञ्चय कोषलगायतको सुविधा छ भने करारका कर्मचारीको त केही छैन। हामीले त यो न्यूनतम पारिश्रमिक निर्धारण समितिमा आउँदा पत्रकारकै कुरा गर्नुपर्‍यो। मैले त करारका सरकारी कर्मचारीहरूलाई पनि ल्याउनुपर्छ भनेको छु।'

मन्त्री खरेलले सामाजिक सुरक्षाकोषको दायरामा अनौपचारिक क्षेत्रलाई समेट्ने कामलाई सरकारले जोड दिएको पनि बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077