Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सर्‍यो कांग्रेसको केन्द्रीय समिति बैठक

सर्‍यो कांग्रेसको केन्द्रीय समिति बैठक

शनिवार , आश्विन २५, २०८२

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक सरेको छ । अर्को बैठक दुई दिन पर सारिएर असोज २८ का लागि बोलाइएको बैठक हो ।

तीनदेखि सानेपामा बसेको पदाधिकारी बैठकले केन्द्रीय समिति बैठक दुई दिन पर सार्ने निर्णय गरेको प्रवक्ता डा. प्रकाशशरण महतले बताए ।

केन्द्रीय समितिको बैठकले पार्टीको महाधिवेशन र पछिल्लो घटनाक्रमबारे ठोस धारणा तय गर्ने पनि उनले बताए ।

बुधबारदेखि बोलाइएको शीर्ष नेताको बैठकमा हिजोदेखि कार्यसम्पादन समितिका सदस्यहरू पनि डाकिएको थियो ।

हिजो र आज गरेर सबै कार्यसम्पादन समितिका सदस्यहरूको बोल्ने बोल्ने क्रम सकिएको छ । केन्द्रीय समितिमा पेश गर्ने एजेण्डा बारे निर्णय अबको बैठक हुनेछ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077