Jun 05 2026 | २०८३, जेठ २२ गते

05 Jun 2026 | शुक्रवार, जेठ २२ गते २०८३

शुक्रवार, जेठ २२ गते २०८३
images
images

एमाले सचिवालय बैठकमा ओलीलाई राजीनामा दिन सुझाव

एमाले सचिवालय बैठकमा ओलीलाई राजीनामा दिन सुझाव

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । नेकपा एमालेको नेतृत्वलाई लिएर पार्टीभित्र विवाद थप गहिरिँदै गएको छ ।

असोज २४ गते गुन्डुमा बसेको सचिवालय बैठकमा नेताहरूले पार्टी पुनर्गठनको प्रस्ताव उठाउँदै अध्यक्ष केपी शर्मा ओलीलाई मार्ग प्रशस्त गर्न सुझाव दिएका हुन् ।

स्रोतका अनुसार, उपाध्यक्ष अष्टलक्ष्मी शाक्यले ओलीको राजीनामा माग गर्दै अब पार्टी उनको नेतृत्वमा अगाडि नचल्ने स्पष्ट धारणा व्यक्त गरेकी छन् । उनले पुराना नेताहरूले पार्टीबाट बिदा लिनुपर्ने आवश्यकतामा जोड दिइन् ।

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले पार्टी पुनर्गठन अपरिहार्य रहेको भन्दै यसमा सहमति जनाए । उपाध्यक्ष युवराज ज्ञवाली र सुरेन्द्र पाण्डेले पनि ओलीलाई नेतृत्वबाट हटाउनुपर्ने सुझाव दिएको बताइएको छ ।

सचिवालय बैठक शनिबार पनि जारी रहनेछ । आगामी बैठकमा पार्टीको महाधिवेशन मिति प्रस्ताव गर्ने सम्भावना रहेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077