Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

घर गए सशस्त्रका डीआईजी कालिदास, गृहसचिव र आईजीपीले गरे बिदाइ

घर गए सशस्त्रका डीआईजी कालिदास, गृहसचिव र आईजीपीले गरे बिदाइ

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौं । सशस्त्र प्रहरी बल नेपालका केन्द्रिय प्रवक्ता तथा सशस्त्र प्रहरी नायव महानिरीक्षक (डीआईजी) कालिदास धौवजीको बिदाइ गरिएको छ ।

सशस्त्र प्रहरी बल प्रधान कार्यालय, हलचोकमा शुक्रबार आयोजित विशेष समारोहमा गृहसचिव रामेश्वर दंगाल र सशस्त्र प्रहरी महानिरीक्षक (आईजीपी) राजु अर्यालले ३० वर्षे सेवा अवधि पूरा गरेका डीआईजी धौवजीलाई बिदाइ गरेका हुन् ।

डीआईजी धौवजी ३० वर्षको अविचलित सेवा अवधिपछि शुक्रबारदेखि अनिवार्य अवकाशमा गएका छन् ।

समारोहमा वक्ताहरूले धौवजीको नेतृत्व, अनुशासन र समर्पणको प्रशंसा गर्दै सशस्त्र प्रहरी बललाई मजबुत बनाउन उनले पुर्‍याएको योगदान दीर्घकालसम्म स्मरणीय रहने बताएका छन् ।

सशस्त्र प्रहरी बलमा रहँदै धौवजीले देशभरका विभिन्न जिम्मेवार पदमा रहेर काम गर्नुका साथै सूचना व्यवस्थापन, सीमासुरक्षा र विपद् व्यवस्थापनमा प्रभावकारी भूमिका निर्वाह गर्नुभएको थियो ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077