काठमाडौं । । मन्त्रिपरिषद्को बिहीबार बसेको बैठकका निर्णय सार्वजनिक गरिएको छ ।
आज सरकारका प्रवक्ता समेत रहेका सञ्चारमन्त्री जगदीश खरेलले सञ्चार मन्त्रालयमा भएको पत्रकार सम्मेलनमार्फत बैठकका महत्वपूर्ण २० निर्णय सार्वजनिक गरेका हुन् ।
मन्त्रिपरिषद् बैठकले भदौ २३ र २४ गतेको आन्दोलनको क्रममा भएको सार्वजनिक संरचनाको क्षतिको पुनस्निर्माण र मर्मत संभार, क्षतिबाट प्रभावितको लागि राहत तथा आर्थिक पुनस्उत्थान र सार्वजनिक सेवा सुचारु गर्न, प्रतिनिधि सभाको निर्वाचन गर्न तथा यस आर्थिक वर्षमा भएका विपदबाट उत्पन्न विशेष परिस्थितिको लागि आवश्यक पर्ने रकम व्यवस्थापन गर्न चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रम भित्रको आयोजनाका लागि रकमान्तर गरी बजेट थप गर्नुपर्ने भएमा त्यस्तो आयोजनामा रकमान्तरको सीमा कायम नहुने गरी रकमान्तर गर्नेसम्बन्धी आदेश जारी गर्ने निर्णय गरेको छ।
नेपाल प्रहरीका प्रहरी नायव महानिरीक्षकहरु सुशील सिंह राठौर, उमाप्रसाद चतुर्वेदी, हिमालयकुमार श्रेष्ठ, डम्बर बहादुर विश्वकर्मालाई नेपाल प्रहरीको प्रहरी अतिरिक्त महानिरीक्षक पदमा बढुवा गरी क्रमश स् प्रहरी प्रधान कार्यालयको अपराध अनुसन्धान विभाग, कार्य विभाग, प्रशासन विभाग र प्रदेश समन्वय विभागमा पदस्थापना गर्ने र इलामलाई ३ महिना विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्नेलगायतका महत्वपूर्ण २० निर्णयहरु गरेको छ ।
यस्तो छ निर्णयको पूर्णपाठ

