काठमाडौं । नेकपा एमाले केन्द्रीय सचिवालयको बैठक सुरु भएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली निवास भक्तपुरको गुण्डुमा केहीबेरअघिमात्र बैठक सुरु भएको हो ।
२९ गते बस्ने केन्द्रीय कमिटी बैठकका एजेन्डा तय गर्न एमालेले आज बैठक बोलाएको सचिवालयले जनाएको छ ।
बैठकमा समसामयिक राजनीतिक परिस्थिति,पार्टीका आन्तरिक विषयको व्यवस्थापन, जेनजी आन्दोलनपछि पार्टीको अवस्था र आसन्न केन्द्रीय कमिटीका एजेन्डाबारे छलफल हुनेछ ।
वर्तमान सरकार असंवैधानिक रहेको भन्दै उक्त सरकारले विघटन गरेको प्रतिनिधि सभा पुनर्स्थापना गर्न पार्टीले पहल गर्ने बताइएको छ । नेकपा एमाले नेपाली काँग्रेससँग समन्वय गरेर संसद पुनःस्थापनाको प्रक्रिया अघि बढाइने एमालेको भनाइ छ ।
साथै राष्ट्रपति रामचन्द्र पौडेलले बोलाउनुभएको सर्वदलीय बैठकमा पार्टीको आधिकारिक धारणाबारे पनि सचिवालय बैठकले स्पष्ट पार्नेछ ।