Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

हमासले सार्वजनिक गरेको २० बन्दीको सूचीमा विपिन जोशीको नाम छैन

हमासले सार्वजनिक गरेको २० बन्दीको सूचीमा विपिन जोशीको नाम छैन

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौँ । इजरायल र हमासबीच युद्धविराम सहमति भएसँगै मुक्त गराइने २० जना युद्धबन्दीको सूची सार्वजनिक भएको छ, तर त्यसमा नेपाली नागरिक विपिन जोशीको नाम समावेश छैन ।

इजरायलस्थित नेपाली राजदूतावासका अनुसार मुक्त हुने भनिएका व्यक्तिहरूको सूचीमा विपिन जोशीको नाम नदेखिएको हो । सोमबारभित्र रिहा गरिने भनिएका सबै २० जना इजरायली नागरिक हुन् ।

अमेरिकाको पहलमा इजरायल र हमासबीच दुई वर्षदेखि जारी युद्ध अन्त्य गर्न बिहीबार युद्धविरामको सहमति भएको थियो। सम्झौताको पहिलो चरणमा हमासले आफ्नो नियन्त्रणमा रहेका ५० जना (जीवित र मृतक मिलाएर) व्यक्तिहरूलाई फिर्ता गर्ने सहमति भएको हो।

तर, गत वर्ष अक्टोबर ७ मा हमासद्वारा अपहरण गरिएका कञ्चनपुरका विद्यार्थी विपिन जोशीको अवस्थाबारे अझै स्पष्ट जानकारी प्राप्त हुन सकेको छैन।

अध्ययनका क्रममा इजरायल पुगेका विपिन जोशी सन् २०२३ अक्टोबर ७ मा किबुत्ज क्षेत्रमा हमास लडाकुहरूले अपहरण गरेका थिए। सो आक्रमणमा १० जना नेपाली विद्यार्थीको मृत्यु भएको थियो।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077