Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

फ्री तिब्बत अभियानकी महिलालाई मन्त्री बनाउन लागिएको भन्दै ज्ञानेन्द्र शाहीले दिए प्रधानमन्त्रीलाई चेतावनी

फ्री तिब्बत अभियानकी महिलालाई मन्त्री बनाउन लागिएको भन्दै ज्ञानेन्द्र शाहीले दिए प्रधानमन्त्रीलाई चेतावनी

शुक्रवार , आश्विन २४, २०८२

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का प्रमुख सचेतक ज्ञानेन्द्र शाहीले प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको सरकारप्रति कडा चेतावनी दिएका छन् । उनले राष्ट्रघात हुने गतिविधि भएमा सरकार ढाल्न १७ घण्टा पनि नलाग्ने बताएका छन्।

शाहीले बिहीबार सामाजिक सञ्जालमार्फत भने-'केपी ओलीको सरकार २७ घण्टामा ढल्यो, कार्की सरकार ढाल्न १७ घण्टा पनि लाग्दैन। राष्ट्रघात गर्दै नेपालको सार्वभौमसत्ता र राष्ट्रिय अखण्डतालाई आँच पुर्‍याउने काम भयो भने हामी चुप बस्दैनौँ।'

उनले आगामी मन्त्रिपरिषद् विस्तारको क्रममा एक तिब्बती मूलकी व्यक्तिलाई मन्त्री बनाउने तयारी भएको खबर आएको दाबी गर्दै त्यसलाई राष्ट्रहितविपरीत कदमको रूपमा वर्णन गरेका छन् ।

उनले लेखेका छन्- 'अब बन्ने मन्त्रिपरिषदमा एउटा फ्री तिब्बत अभियानकी अभियन्ता एवँम उसका बुवाआमा तिब्बतबाट दलाई लामासँगै भागेर आएका तिब्बती शरणार्थी हुन् तर उसका बाउआमाले नक्कली नागरिकता लिँदै कर्णालीमा बसेका छन् । जो वास्तविक कर्णालीका बासिन्दा नै होइनन् एउटी तिब्बतीयनलाई नेपालको मन्त्रिपरिषद्को सदस्य बन्ने कुरा सुन्नमा आएको छ यदि यसरी आँखा अगाडि राष्ट्रघात गर्दै नेपालको सार्वभौमसत्ता राष्ट्रिय अखण्डतालाई आँच पुग्ने काम यो सरकारले गर्यो भने यादगार सरकार केपी ओलीको सरकार त २७ घण्टामा ढल्यो तिम्रो सरकार १७ घण्टा पनि लाग्दैन सम्माननीय प्रधानमन्त्रीज्यू म हजुरलाई धेरै नै सम्मान गर्दछु।'

उनले प्रधानमन्त्री कार्कीलाई यस्तो निर्णय गम्भीर राजनीतिक परिणाम निम्त्याउने चेतावनी पनि दिए । 'देश नै नरहने अवस्था आयो भने तपाईंका विरुद्धमा उभिनुपर्ने दिन आउन सक्छ,' शाहीले भने, 'त्यसैले म सम्मानपूर्वक आग्रह गर्छु — यस्ता गलत क्रियाकलाप अगाडि नबढाउनुहोस्।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077