Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

अन्तिममा सेयर बजार २२.५९ अंकले बढ्यो, घट्यो कारोबार रकम

अन्तिममा सेयर बजार २२.५९ अंकले बढ्यो, घट्यो कारोबार रकम

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । पहिलो तीन मिनेटमा सकारात्मक ‘सर्किट’ लागेको सेयर बजार २२.५९ अंकले बढेर २५८२.१८ विन्दुमा बन्द भएको छ ।

बजार खुलेको पहिलो तीन मिनेटमा ४ प्रतिशत बढेर नेप्से परिसूचक २० मिनेटका निम्ति बन्द भएको थियो । त्यसपछिको कारोबारमा बजार सम्हालियो । कारोबार रकम भने घटेको छ ।

पाँच अर्ब २७ करोड ३२ लाख रुपैयाँको सेयर किनबेच भएको छ । बुधबार  पाँच अर्ब ७६ करोड रुपैयाँको सेयर खरिद–बिक्री भएको थियो ।

२०० कम्पनीको सेयर मूल्य बढेको छ । ४१ कम्पनीको सेयर मूल्य घटेको छ । १० कम्पनीको सेयर मूल्य स्थिर रहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) ले जनाएको छ ।

शिवम् सिमेन्टको सर्वाधिक मूल्यको सेयर किनबेच भएको छ । यो कम्पनीको २७ करोड ३४ लाख रुपैयाँको सेयर खरिद–बिक्री भएको छ ।

कारोबारमा आएका १३ मध्ये व्यापार समूहको परिसूचक घटेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077