Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन सुझाव दिन्छु : केपी ओली

गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन सुझाव दिन्छु : केपी ओली

बिहिवार , आश्विन २३, २०८२

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले सडकमा तमासा गरिरहेको टिप्पणी गरेका छन् ।

बिहीबार भक्तपुरको गुण्डुस्थित तिथली चोकमा नेकपा एमाले भक्तपुरले आयोजना गरेको विशेष राजनीतिक भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो टिप्पणी गरेका हुन् ।

उनले गृहमन्त्रीलाई देश चलाउने कुरा ख्याल ठट्टा नभएको भन्दै राजनीति बुझेर चल्न चेतावनी दिएका छन् ।

उनले भने- 'गृहमन्त्रीको विषयमा त मैले भएपछि थाहा पाएँ । गृहमन्त्री बाबुलाई म धेरै नउत्ताउलिन, नचम्किन सल्लाह दिन चाहान्छु । राजनीति ख्याल ठट्टा होइन । देश चलाउने कुरा ख्याल ठट्टा होइन । यस कुरालाई बुझेर चल्न म सुझाव दिन्छु ।'

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077