Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले गरे गाडी फिर्ता

पूर्वसभामुख अग्निप्रसाद सापकोटाले गरे गाडी फिर्ता

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले पनि संघीय संसद् सचिवालयले उपलब्ध गराएको गाडी फिर्ता गरेका छन्।

मा‌ओवादी केन्द्रका उपाध्यक्षसमेत रहेका सापकोटाले गाडी फिर्ता गरेको संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीले जानकारी दिए।

जेन–जी आन्दोलनपछि बनेको सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मितव्ययिताका लागि पूर्व पदाधिकारीलाई दिएको गाडी सुविधा खारेज गरेको थियो भने आफू चढ्दै आएको सरकारी गाडी फिर्ता गर्न आग्रह गरेको थियो।

त्यसयता अन्य पूर्वसभामुख तथा राष्ट्रिय सभाका पूर्वअध्यक्षले पनि गाडी फिर्ता गरेका छन्। यसअघि नै पूर्व सभामुखहरू कृष्णबहादुर महरा र ओनसरी घर्तीले गाडी फिर्ता गरेका छन्।

राष्ट्रिय सभाका पूर्वअध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले पनि गाडी फिर्ता गरिसकेका छन्।

553573914_1102327171657220_4550249076868120406_n

 

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077