Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

पूर्वसभामुख सापकोटाविरुद्धको मुद्दामा सर्वोच्चले असार १२ गते फैसला सुनाउने

काठमाडौं । पूर्वसभामुख एवं नेकपा माओवादी केन्द्रका उपाध्यक्ष अग्निप्रसाद सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले निर्णय सुनाउने मिति तोकेको छ ।

सर्वोच्च अदालतको संवैधानिक इजलासले सापकोटा विरुद्धको रिट निवेदनमाथि अन्तिम सुनुवाइ गर्दै तीन सातापछि निर्णय सुनाउने मिति तोकेको हो ।

रिट निवेदनमा सर्वोच्च अदालतले १२ असारमा निर्णय सुनाउने भएको छ । आफ्नो पतिको हत्यामा संलग्न सापकोटा विरुद्धको मुद्दा अघि बढाउनुपर्ने माग राखी काभ्रेकी पूर्णिमाया लामाले सर्वोच्च अदालतमा रिट निवेदन दर्ता गरेकी थिइन् ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमानसिंह राउत, सपना प्रधान मल्ल, प्रकाशकुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सकिएपछि आज निर्णय सुनाउने मिति तोकिएको हो ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077