Jun 08 2026 | २०८३, जेठ २५ गते

08 Jun 2026 | सोमवार, जेठ २५ गते २०८३

सोमवार, जेठ २५ गते २०८३
images
images

गरिबी निवारण र आर्थिक विकासबारे चीनबाट धेरै कुरा सिक्न आवश्यक छ : अग्निप्रसाद सापकोटा

काठमाडौं । पूर्वसभामुख अग्निप्रसाद सापकोटाले चीनबाट गरिबी निवारण र आर्थिक विकासबारे धेरै कुरा सिक्न आवश्यक रहेको बताएका छन् ।

शनिबार नेपाल हिमालय सीमापार वाणिज्य संघको २४ औं साधारण सभालाई सम्बोधन उनले सो कुरा बताएका हुन् । उनले चीनसँग प्रविधिका बारेमा पनि धेरै कुराहरु सिक्नुपर्ने बताए ।

सरकारले तातोपानी, केरुङ लगायतका नाकाहरु सुचारु गर्नका लागि आवश्यक काम गरिरहेको उनको भनाई छ । यस्तै उनले अर्थतन्त्रको संरचनामा परिवर्तन गर्नुपर्ने बताए ।

उनले परम्परागत बजेट, योजना निर्माणका ढाँचाहरुमा परिवर्तन गरेर र्‍याडिकल रिफर्मको आवश्यकता रहेको बताए । पूर्वसभामुख सापकोटाले चीनबाट गरिबी निवारण र आर्थिक विकासबारे धेरै कुरा सिक्न आवश्यक रहेको धारणा राखे ।

प्रतिक्रिया दिनुहोस्

सूचना विभाग दर्ता नम्बर

1695/076/077