Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेप्से ४५.३६ अंकले घट्यो, कारोबार बढ्यो

नेप्से ४५.३६ अंकले घट्यो, कारोबार बढ्यो

बुधवार , आश्विन २२, २०८२

काठमाडौं । नेप्से परिसूचक ४५.३६ अंकले घटेको छ । बुधबार नेपाल स्टक एक्सचेन्ज परिसूचक (नेप्से) ४५.३६ अङ्क घटेर २५५९ अङ्कमा कायम भएको हो ।

कारोबार रकम भने एकै दिन एक अर्ब १३ करोड ३६ लाख रुपैयाँले बढेको छ ।बुधबार  पाँच अर्ब ७६ करोड २७ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

मंगलबार चार अर्ब ६२ करोड ९० लाख रुपैयाँको सेयर खरिदबिक्री भएको थियो ।

आज १८ कम्पनीको सेयर मूल्य बढेको छ । २३२ कम्पनीको सेयर मूल्य घटेको छ । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको सेयर मूल्य स्थिर छ ।

९ वटा कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा बढीले घटेको छ । नेपाल पुनर्बिमा कम्पनीको सर्वाधिक मूल्यको सेयर खरिद-बिक्री भएको छ । यो कम्पनीको २६ करोड १६ लाख रुपैयाँको सेयर खरिदबिक्री भएको छ ।

कारोबारमा आएका १३ वटै समूहको परिसूचक घटेको छ । सर्वाधिक घट्नेमा फाइनान्स समूह छ । यो समूहको परिसूचक ३.०९ प्रतिशतले घटेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077