Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

निर्वाचनको तयारीबारे प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

निर्वाचनको तयारीबारे प्रधानमन्त्रीसँग निर्वाचन आयोगका पदाधिकारीको छलफल

मंगलवार , आश्विन २१, २०८२

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्कीसँग आसन्न निर्वाचनको तयारीबारे निर्वाचन आयोगका पदाधिकारीले छलफल गरेका छन् ।

सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा आगामी फागुन २१ गतेको निर्वाचन कार्यतालिका सार्वजनिक भइसकेको अवस्थामा त्यसको कार्यान्वयनमा सरकार र राजनीतिक दलको सहयोगका विषयमा छलफल भएको हो ।

आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईका अनुसार स्वच्छ, निष्पक्ष र स्वतन्त्र एवं मितव्ययी निर्वाचन गराउन आयोग प्रतिबद्ध रहेको स्पष्ट गर्दै आवश्यक स्रोत साधनको व्यवस्था र परिचालनमा सरकारबाट सहयोगको अपेक्षा गरिएको छ ।

छलफलमा प्रधानमन्त्री कार्कीले निर्वाचनलाई सम्पन्न गर्न सरकारका तर्फबाट सबै प्रकारको सहयोगको प्रतिबद्धता जनाएकी छन् ।

गत भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि पूर्वप्रधानन्यायाधीश कार्कीको नेतृत्वमा सरकार गठन र प्रतिनिधिसभा विघटन भई आगामी फागुन २१ गतेका लागि निर्वाचन घोषणा गरिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077