Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडकबाटै 'प्रहरीलाई देखाइदिन्छौँ' भन्ने समाचार फेक हो : सुदन गुरुङ

सडकबाटै 'प्रहरीलाई देखाइदिन्छौँ' भन्ने समाचार फेक हो : सुदन गुरुङ

मंगलवार , आश्विन २१, २०८२

काठमाडौं । 'हामी नेपाल'का प्रमुख सुदन गुरुङले फेक समाचारबाट सचेत रहन अनुरोध गरेका छन् । 'सडकबाटै देखाइदिन्छौँ' भन्दै सुदन गुरुङको टिमले धम्की दिएको समाचार बाहिरिएपछि उनले सामाजिक सञ्जालमार्फत यस्तो अनुरोध गरेका हुन् ।

उनले लेखेका छन्- 'फेक समाचार अलर्ट ! यो सत्य होइन र हाम्रो आधिकारिक च्यानलबाट प्रमाणित समाचारहरूमा मात्र विश्वास गर्नुहोस् । 'सडकबाटै देखाइदिन्छौँ' भन्दै सुदन गुरुङको टिमले धम्की दिएपछि काठमाडौं उपत्यका प्रहरी परिसरले सुरक्षाको कारण देखाउँदै सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई फिर्ता बोलाएको छ।'

पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकविरुद्ध जिल्ला प्रहरी परिसर काठमाडौंले जाहेरी नलिएपछि जेनजी अगुवा सुदन गुरुङले अब सडकबाटै प्रहरीलाई देखाइदिने धम्की दिएको समाचार विभिन्न सञ्चार माध्यमबाट सार्वजनिक भएको थियो ।

जुन कुराले गर्दा प्रहरी हाई अलर्टमा रहेको समाचार पनि बाहिरिएका थिए । काठमाडौं उपत्यका प्रहरी परिसरले सुरक्षाको कारण देखाउँदै सम्पूर्ण बिटका प्रहरी कर्मचारीलाई फिर्ता बोलाएको पनि समाचार सार्वजनिक भएका थिए ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077