Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

सडक डिभिजन प्रमुखहरूलाई तयारी अवस्थामा बस्न मन्त्री घिसिङको निर्देशन

सडक डिभिजन प्रमुखहरूलाई तयारी अवस्थामा बस्न मन्त्री घिसिङको निर्देशन

शुक्रवार , आश्विन १७, २०८२

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायात मन्त्री कुलमान घिसिङले सडक विभागअन्तर्गत विभिन्न कार्यालयका टोलीलाई बाढीजन्य प्रकोप हुनुभन्दा अघि नै आआफ्ना स्थानमा पुगिसक्न निर्देशन दिएका छन्।

मन्त्री घिसिङले देशभर मनसुनी वर्षाको प्रभाव बढिरहेकाले बाढी, पहिरो र भूक्षयको जोखिम उच्च देखिएको भन्दै सडक विभाग अन्तर्गतका देशभरका आफ्ना सबै डिभिजन र योजना प्रमुखहरूलाई तत्काल जिम्मेवारी क्षेत्रमै पुग्न र उच्च सतर्कताका साथ तयारी अवस्थामा बस्न निर्देशन दिएका हुन्।

मन्त्रीले घिसिङले राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरण र विज्ञहरूको सल्लाहका आधारमा यस्तो निर्देशन जारी गरेको जानकारी दिए। उनले भने, विपद्‌पछि चाहेर पनि समयमा पुग्न नसकिने हुन सक्छ, त्यसैले आजै सुरक्षित तरिकाले आफ्नो कार्यक्षेत्रमा पुगेर तयारी अवस्थामा बस्न आवश्यक छ।ु

विभागले विशेष सतर्कता अपनाउनुपर्ने भनेर तलका सडकहरूलाई प्राथमिकतामा राखेको छ। जसअन्तर्गत​ नागढुंगा–मुग्लिङ सडक, मुग्लिङ–नारायणगढ सडक, बीपी राजमार्ग, कान्ति लोकपथ, त्रिभुवन राजपथ, दाउने खण्ड, अन्य पहाडी तथा मध्यपहाडी सडकहरू रहेका छन्।

यता सडक विभागले डिभिजन तथा योजना कार्यालयमा कार्यरत इन्जिनियर, सुपरभाइजर र उपकरण अपरेटरहरूलाई तुरुन्तै कार्यक्षेत्रमा खटिन भनेको छ। डोजर, एक्स्काभेटर, लोडरजस्ता भारी उपकरणहरू तयारी अवस्थामा राख्न र तुरुन्तै प्रयोग गर्न मिल्ने बनाएर राख्न पनि निर्देशन दिइएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077