Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

राजनीतिक पार्टीहरू सुध्रिएनन् भने देशमा दुर्घटना रोकिँदैन : घनश्याम भुसाल

राजनीतिक पार्टीहरू सुध्रिएनन् भने देशमा दुर्घटना रोकिँदैन : घनश्याम भुसाल

सोमवार , आश्विन १३, २०८२

काठमाडौं । नेकपा (एकीकृत समाजवादी) का महासचिव घनश्याम भुसालले राजनीतिक पार्टीहरू नसुध्रिने हो भने नेपालका नराम्रा दिन अझै बाँकी रहेको बताएका छन्।

सोमवार ललितपुरमा आयोजित पत्रकार भेटघाटका क्रममा उनले यस्तो बताएका हुन्।

लामो समयदेखि राजनीतिक पार्टीहरूको कारण, तिनका नीति र नेताहरूको कारणले राजनीति दुर्घटनातिर गइरहेको उनको भनाइ छ।

उनले भने- 'राजनीतिक पार्टीहरू नसुध्रिने हो भने नेपालका दुर्दिनहरू अझै बाँकी छन् । लामो समयदेखि मुलुक दुर्घटनातर्फ जाँदैछ । राजनीतिक पार्टीहरूको कारण, तीनका नीति र नेताहरूको कारणले राजनीति दुर्घटनातिर गइरहेको छ ।'

जेनजी आन्दोलनबाट भएका घटनाहरू आफ्ना लागि नयाँ नभएको उनले बताए। आफूले यसबारेमा पहिल्यैदेखि आवाज उठाइरहेको उनले बताए।

उनले भने- 'राजनीतिक पार्टीभित्र सम्भवतः सबैभन्दा बढी यो प्रश्न उठाउँदै आएको राजनीतिक पार्टीहरू नै सुध्रिएनन् भने त्यो दुर्घटना रोकिँदैन भनेर आफ्नो कुरा उठाउँदै आएको मान्छे हुँ म । अहिले जे घटनाहरू घटे त्यो मेरा लागि वास्तवमा नयाँ होइन । कसको घर जल्यो, कुन घर जल्यो भन्नेमात्रै फरक हो । नत्र भने घरहरू जल्छन् भन्ने कुरा देखिन्थ्यो, एउटा उत्पात आउँदैछ भन्ने कुरा देखिन्थ्यो । त्यसले एउटा भ्याकुम क्रिएट गर्दैछ भन्नेबारे मैले भनेको थिएँ ।'

राजनीतिक पार्टीहरूमा अझै सुधारको सम्भावना नदेखिएको भन्दै यसले अरू संकट थपिने स्थिति रहेको उनले बताए।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077