Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

रातो पासपोर्ट र परिचयपत्र संसद् सचिवालयमा बुझाउन पूर्वसांसदहरूलाई रास्वपाको निर्देशन

रातो पासपोर्ट र परिचयपत्र संसद् सचिवालयमा बुझाउन पूर्वसांसदहरूलाई रास्वपाको निर्देशन

सोमवार , आश्विन १३, २०८२

काठमाडौंं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका निर्वतमान सांसदहरूलाई चाँडो रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन निर्देशन दिएको छ।

रास्वपा प्रवक्ता मनीष झाले सोमबार एक विज्ञप्ति जारी गर्दै पार्टीका २१ निवर्तमान सांसदलाई रातो पासपोर्ट र सांसदको परिचयपत्र जतिसक्दो चाँडो संसद् सचिवालयमा बुझाउन अनुरोध गरेका हुन्।

प्रवक्ता मनिष झाले सोमबार विज्ञप्ति जारी गर्दै भनेका छन्- 'पार्टीका पूर्व सांसदहरूले यथाशीघ्र रातो पासपोर्ट र सांसदको परिचयपत्र संघीय संसद् सचिवालयमा बुझाउन अनुरोध गरिन्छ ।'

राष्ट्रिय स्वतन्त्र पार्टीले सबै तहका नेताहरूले चाडपर्वका दौरान शुभकामना पत्रहरूबाहेक कुनै किसिमको उपहार स्वीकार नगर्न निर्देशन दिएको छ ।

जेनजी आन्दोलनका क्रममा ७५ जनाको मृत्यु भएर देश शोकमा रहेकाले यसपटक पार्टीको ब्यानर र झन्डा प्रयोग गरेर कुनै किसिमको चाडपर्व सम्बन्धित कार्यक्रम आयोजना नगर्न रास्वपाले सबै तहका पार्टीलाई अनुरोध गरेको छ ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077