Jun 04 2026 | २०८३, जेठ २१ गते

04 Jun 2026 | बिहिवार, जेठ २१ गते २०८३

बिहिवार, जेठ २१ गते २०८३
images
images

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी पनि जाँचबुझ आयोगको छानविनमा तानिने

नेपाल प्रहरी र सशस्त्र प्रहरीका आईजीपी पनि जाँचबुझ आयोगको छानविनमा तानिने

आइतवार , आश्विन १२, २०८२

काठमाडौं । नेपाल प्रहरी र सशस्त्र प्रहरी बलका महानिरीक्षक पनि जेनजी आन्दोलनसम्बन्धि दमनको छानविनमा तानिने भएका छन् । पूर्वन्यायाधीश गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगले उनीहरुलाई पनि बयानमा बोलाउने तयारी गरेको छ ।

आयोगले आइतबार तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसहित पाँच जनाको विदेश भ्रमण रोक्नुका साथै उपत्यका छाड्न पनि स्वीकृती लिनुपर्ने निर्णय गरेको छ।

तत्कालिन गृहमन्त्री रमेश लेखक, गुप्तचरका तत्कालिन प्रमुख हुतराज थापा, तत्कालिन गृहसचिव गोकर्णमणि दवाडी तथा काठमाडौंका तत्कालिन सिडिओ छवि रिजालले विदेश जान रोक लगाउने तथा उपत्यका छाड्न नदिने निर्णय गरेको हो ।

तत्कालिन गुप्तचर प्रमुखलाई समेत यसरी आयोगले शंकितको रुपमा छानविनको दायरामा ल्याएपछि प्रहरी र सशस्त्रका महानिरीक्षकहरु स्वतः तानिने आयोग स्रोत बताउँछ ।

उनीहरु बहालवाला भएकाले हाल उनीहरुको हकमा केही निर्णय नगरिएको आयोगका एक अधिकारी बताउँछन् । नेपाल प्रहरीका आईजीपी चन्द्रकुबेर खापुङ र सशस्त्र प्रहरी बलका आईजीपी राजु अर्यालसँग पनि आयोगले बयान लिनेछ ।

साथै, फिल्डमा खटिएका र निर्देशन दिने भूमिकामा भएका अन्यलाई पनि छानविनको दायरामा ल्याउन लागिएको छ।

सम्बन्धित न्युज
प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077