काठमाडौं । धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको खुलासा भइसकेको छ।
असोज ७ गते ‘श्रम संस्कृति पार्टी’ नाम प्रस्ताव गरेर साम्पाङले निर्वाचन आयोगमा निवेदन दिएका छन्।
सञ्चारमाध्यममार्फत समाचार बाहिरिनुअघि उनले निवेदन दिएको कुरा गोप्य राखेका थिए। सञ्चारमाध्यममा समाचार आइसकेपछि भने उनले निवेदन दिएको स्वीकार गरेका छन्।
‘निर्वाचन आयोगले सूचना आउट गरिहालेछ । पार्टीको नाम श्रम संस्कृति पार्टी हो। चुनाव चिन्ह–माटो हो,’ साम्पाङले लेखेका छन् । सँगै उनले भ्रम नछर्न या भ्रमित नबन्न आग्रह गरे ।