Jun 11 2026 | २०८३, जेठ २८ गते

11 Jun 2026 | बिहिवार, जेठ २८ गते २०८३

बिहिवार, जेठ २८ गते २०८३
images
images

जेष्ठ नागरिकका माग पूरा गर्न सक्दो सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

जेष्ठ नागरिकका माग पूरा गर्न सक्दो सहयोग गर्ने प्रचण्डको प्रतिबद्धता

बिहिवार , श्रावण ८, २०८२

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले जेष्ठ नागरिकका माग पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।

बिहीबार बिहान जेष्ठ राष्ट्रिय नागरिक महासंघका प्रतिनिधिहरूको भेटमा पूर्वप्रधानमन्त्रीसमेत रहेका प्रचण्डले सो प्रतिबद्धता व्यक्त गरेका हुन् । महासंघका प्रतिनिधिहरूले अध्यक्ष निवास खुमलटारमा भेट गरी जेष्ठ नागरिकसम्बन्धी विभिन्न मागहरू राखेका थिए ।

महासंघका पदाधिकारीहरूले भेटका क्रममा यातायातमा छुट, नागरिकता नपाएका जेष्ठ नागरिकको पहिचान र व्यवस्थापन, वृद्धभत्ता वितरण प्रणालीमा सुधार, आर्थिक वर्गीकरणका आधारमा भत्ता दिने व्यवस्था तथा राष्ट्रिय सभामा जेष्ठ नागरिकको तर्फबाट प्रतिनिधित्व सुनिश्चित गर्ने लगायतका मागहरू राखे ।

महासंघका मागहरूलाई गम्भीरतापूर्वक सुनेपछि अध्यक्ष दाहालले पूरा गर्न सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।

'तपाईंहरूले उठाएका मागहरू अत्यन्तै न्यायसंगत छन्। म आफ्नो तर्फबाट सक्दो सहयोग गर्ने छु। यी मागहरूलाई गर्ने दिशामा हाम्रो पार्टी माओवादी केन्द्रले सकारात्मक पहल गर्ने छ,' उनले भने ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077