Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

पर्वतमा मध्यराति पहिरोले घर पुरिँदा पतिपत्नी बेपत्ता

पर्वतमा मध्यराति पहिरोले घर पुरिँदा पतिपत्नी बेपत्ता

आइतवार , श्रावण ४, २०८२

पर्वत । गएराति पर्वतमा पहिरोले घर पुरिँदा पतिपत्नी बेपत्ता भएका छन् ।

जिल्लाको मोदी गाउँपालिका–३ देउरालीको लाङ्दीमा गएराति आएको पहिरोले घर पुरिँदा स्थानीय ७६ वर्षीय छविलाल विश्वकर्मा र उनकी श्रीमती ७६ वर्षीया विष्णुमती बेपत्ताका हुन् ।

जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार घटनामा उनीहरूकी ३२ वर्षीया बुहारी पवित्राले भने भागेर ज्यान जोगाएकी छन् ।

रातिको घटना भए पनि आज बिहान मात्रै प्रहरीलाई जानकारी आएको बताइएको छ । प्रहरी अहिले घटनास्थलतर्फ गइरहेको बताइएको छ ।

स्थानीयवासी र जनप्रतिनिधिले घटनास्थलमा पुगेर बेपत्ता दम्पतीको खोजी कार्य सुरु गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077