Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

सिन्धुलीमा भारी वर्षा र बाढीको जोखिम, सतर्क रहन आग्रह

सिन्धुलीमा भारी वर्षा र बाढीको जोखिम, सतर्क रहन आग्रह

शनिवार , श्रावण ३, २०८२

सिन्धुली । जिल्ला प्रशासन कार्यालय, सिन्धुलीले आज रातिदेखि सोमबारसम्म जिल्लामा भारी वर्षा हुने र नदीहरूमा बाढीको जोखिम बढ्ने भन्दै उच्च सतर्कता अपनाउन सबैलाई आग्रह गरेको छ ।

राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणबाट प्राप्त सूचना अनुसार, आजरातिदेखि साउन ५ गते सोमबारसम्म अत्याधिक वर्षाको सम्भावना रहेकोले सुनकोशी नदी लगायत अन्य नदी किनार र आसपासका क्षेत्रमा बाढीको जोखिम रहेकोले सर्वसाधारणलाई सतर्क रहन आग्रह गरिएको हो।

प्रशासकीय अधिकृत प्रवीण कटवालद्वारा हस्ताक्षरित सूचनामा वि।पि। राजमार्ग तथा मध्यपहाडी राजमार्गमा यात्रा गर्दा विशेष सावधानी अपनाउन भनिएको छ।

सवारी साधन चलाउँदा ट्राफिक प्रहरी र सुरक्षा निकायको निर्देशन पूर्ण रूपमा पालना गर्न पनि प्रशासनले अनुरोध गरेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077