Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

बिपी राजमार्ग र बुटवल-नारायणगढ खण्डमा राति सवारी चलाउन रोक

बिपी राजमार्ग र बुटवल-नारायणगढ खण्डमा राति सवारी चलाउन रोक

आइतवार , आषाढ ८, २०८२

काठमाडौं । पूर्व–पश्चिम राजमार्गको बुटवल–नारायणगढ खण्डमा आइतबारदेखि १० दिनसम्म रातिको समयमा यात्रुवाहक र मालवाहक ठुला सवारीसाधन चलाउन रोक लगाइएको छ ।

त्यस्तै बिपी राजमार्गमा शनिबारदेखि नै रातिको समयमा सवारीसाधन चलाउन रोक लगाइएको छ। सडक विभाग मातहतको आयोजना निर्देशनालय (एडिबी) का प्रमुख चुडा ढकालका अनुसार बुटवल–नारायणगढ खण्ड बेलुका ७ बजेदेखि बिहान ५ बजेसम्म बन्द गरिने भएको हो।

‘त्यसबेलासम्म बिनयी खोलामा निर्माण भइरहेको पक्की पुल सञ्चालनमा आउने छ भने दाउन्ने खण्डको २ किमि सडकमा ग्राभेल राखिने छ,’ ढकालले भने, ‘यसबाट केही सहज हुने छ।

’बिनयी खोलाको डाइभर्सन बाढीले बगाएकाले नारायणगढ–बुटवल खण्ड रातिको समयमा बन्द गर्नुपरेको उनले बताए। उनका अनुसार अति आवश्यक सवारीसाधन एम्बुलेन्सलगायत भने रातिको समयमा पनि चल्न सक्नेछन् ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077