काठमाडौं । चितवको राप्ती नगरपालिका–३ स्थित पूर्वपश्चिम राजमार्ग सडकमा यात्रुवाहक बस र माइक्रो ठोक्किँदा सात जना यात्रुको मृत्यु भएको छ ।
दुर्घटनामा २० जना घाइते भएका छन्।
धनगढीबाट काकडभिट्टा जाँदै गरेको प्रदेश१–०१–००१ख ३५८३ नम्बरको बस र विपरीत दिशातर्फ आइरहेको बागमती प्रदेश ०३–००१ज २९९ नम्बरको माइक्रो ठोक्किएको चितवन प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार घाइतेहरुको उद्धार गरी उपचारका लागि भरतपुर ल्याइएको छ। मृतकको सनाखत भएको छैन ।
घाइतेको उपचारसँगै मृत्यु भएका र घाइते भएका यात्रुको पहिचान गर्ने काम भइरहेको छ ।