Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

बीपी राजमार्ग आजदेखि राति बन्द हुने

बीपी राजमार्ग आजदेखि राति बन्द हुने

शनिवार , आषाढ ७, २०८२

काठमाडौं । बीपी राजमार्गमा आजदेखि राति यातायात बन्द गरिने भएको छ ।

काभ्रे, सिन्धुली र रामेछापको सुरक्षा समितिका पदाधिकारीको अन्तरजिल्ला समन्वय समितिको बैठकले १५ दिन राति १२:३० देखि बिहान ५ बजेसम्म सडक बन्द गर्ने निर्णय गरेको हो ।

मनसुनजन्य विपद्बाट हुनसक्ने जोखिमलाई मध्यनजर गर्दै राजमार्गमा सञ्चालन हुने सार्वजनिक र निजी सवारीसाधनलाई हाललाई १५ दिनका लागि राति सञ्चालनमा रोक लगाउने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालयले काभ्रेले जनाएको छ ।

वर्षामा बाढीपहिरोको जोखिम भएकाले यस अवधिमा काठमाडौंबाट जाने सवारीलाई काभ्रेको काभ्रेभञ्ज्याङ र काठमाडौंतर्फ आउने सवारीलाई सिन्धुलीको खुर्कोटमा रोकिने छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077