Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपास उद्घाटन, सवारी जाम घट्ने

प्रधानमन्त्रीको उपस्थितिमा ग्वार्को ओभरपास उद्घाटन, सवारी जाम घट्ने

शुक्रवार , आषाढ ६, २०८२

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको उपस्थितिमा काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय प्रमुख एसएसपी नवराज अधिकारीले ललितपुरको ग्वार्कोमा बनाइएको ओभरपास उद्घाटन गरेका छन् ।

आज ओभरपासको उद्घाटन भएसँगै सवारी आवागमनका लागि खुला गरिएको छ ।

२०७८ फागुन १२ गते ठेक्का लागेको यो परियोजना सम्पन्न हुन ४ वर्षभन्दा बढी समय लागेको छ ।

केन्द्रले हालसम्म ठेकेदार कम्पनीलाई कुल रकम (१७ करोड ६ लाख) को ४६ प्रतिशत रकम भुक्तानी गरिसकेको छ।

बाँकी रकम कागज पत्र हेरेर केही दिनमा भुक्तानी गर्ने विभागको तयारी छ।

गत पुस ९ गतेदेखि उक्त कम्पनीले दैनिक ८५ हजार रूपैयाँ हर्जना तिरेर काम गरिरहेको छ।

गत पुस ८ गतेसम्म काम पूरा गर्न उक्तकम्पनीलाई अन्तिम म्याद दिइएको थियो।

ठेकेदार कम्पनीले पटक–पटक म्याद थप गर्दा पनि निर्माण सम्पन्न गर्न नसकेपछि करिब एक करोड ४७ लाख हर्जाना तिराएर निर्माण सम्पन्न गरिएको थियो ।

ग्वार्को ओभरपास अन्तर्गत २० मिटर स्पानसहित ४ लेनको पुल निर्माण भएको छ । यसबाहेक ५ सय मिटर लामो अप्रोच सडक बनेको छ ।

जसमा बालकुमारी र सातदोबाटोबाट र्‍याम बनाइएको छ ।

चक्रपथ सडकको बीचको चार लेन सडकलाई पर्खाल लगाएर माथि उठाइ ओभरपास बनाइएको हो ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077