Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

कञ्चनपुरमा नेपाली सेनाको गाडी पल्टिँयो

कञ्चनपुरमा नेपाली सेनाको गाडी पल्टिँयो

शुक्रवार , आषाढ ६, २०८२

कञ्चनपुर । महाकाली नदीमा निर्मित ४ लेनको पक्की पुल नजिकै भत्केको गाइडबण्ड बनाउने क्रममा नेपाली सेनाका जवानहरु बोकेको गाडी पल्टिँदा पाँच जना घाइते भएका छन् ।

शुक्रबार बिहान सेनाका जवानहरुलाई निर्माणस्थलमा लैजाने क्रममा सेनाको गाडी पल्टेर उनीहरु घाइते भएका हुन् ।

घाइतेलाई उपचारका लागि महाकाली प्रादेशिक अस्पताल पुर्‍याइएको छ ।

महाकाली नदीको बाढीले गत वर्ष भत्काएको पुलको गाइडबण्ड पुनः निर्माणको काम अहिले नेपाली सेनाले गरिरहेको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077