Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

पश्चिमका केही ठाउँमा रातिदेखि नै वर्षा, अन्य प्रदेशमा पनि ठूलो पानी पर्ने सम्भावना

पश्चिमका केही ठाउँमा रातिदेखि नै वर्षा, अन्य प्रदेशमा पनि ठूलो पानी पर्ने सम्भावना

शुक्रवार , आषाढ ६, २०८२

हाल देशभर मनसुनी प्रणाली सक्रिय रहेको छ। कोशी, मधेस, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका केही भागहरूमा मनसुनी वायुको असर देखिएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ।

साथै पश्चिम नेपालमा पश्चिमी वायु र स्थानीय वायुले पनि आंशिक प्रभाव पारेका छन्। भारतको पश्चिम बङ्गाल आसपास बनेको न्यूनचापीय क्षेत्रको आंशिक प्रभावसमेत नेपालमा देखिएको छ।

यस प्रणालीको प्रभावले देशभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहेको छ। केही स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा भइरहेको छ भने दिउँसो र राति पनि यस्तै अवस्था रहने पूर्वानुमान गरिएको छ।

महाशाखाका अनुसार आज दिउँसो देशको पहाडी भूभागका केही स्थानहरूमा तथा अन्य भू–भागका थोरै स्थानहरूमा चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुन सक्नेछ। कोशी, बागमती र गण्डकी प्रदेशका एक–दुई स्थानमा भारी वर्षा हुने सम्भावना रहेकोले सतर्कता अपनाउन आग्रह गरिएको छ।

त्यस्तै, देशका उच्च–पहाडी तथा हिमाली भेगका केही स्थानहरूमा हल्का वर्षासहित हिमपातको सम्भावना छ भने कोशी र मधेस प्रदेशका तराई भू–भागहरूमा बेलुका र राति हवाको गतिशीलता बढ्न सक्नेछ।

आज राति पनि देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । पहाडी क्षेत्रमा चट्याङसहित वर्षा भइरहने सम्भावना कायम रहेकोले नदी–नालामा पानीको बहाव बढ्न सक्ने, भू–स्खलन र अन्य विपद्का जोखिम हुन सक्ने भन्दै महाशाखालेले स्थानीयवासीलाई सतर्क रहन आग्रह गरेको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077