Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

विनयी खोलाको बाढीले बगाएको यात्रुबाहक बस भेटियो

विनयी खोलाको बाढीले बगाएको यात्रुबाहक बस भेटियो

शुक्रवार , आषाढ ६, २०८२

नवलपुर । बुटवल-नारायणगढ सडक खण्डस्थित नवलपरासी पूर्वको विनयी खोलामा आएको बाढीले बगाएको बस फेला परेको छ ।

बिहीबार राति बाढीले बगाएको बस बस १ किलोमिटर तल फेला परेको हो । जिल्ला प्रहरी कार्यालय नवलपुरका सूचना अधिकारी मधु नेपालका अनुसार यात्रुहरूको यसअघि नै उद्धार गरिएको थियो ।

३८ यात्रु लिएर काठमाडौंबाट बर्दिया आउँदै गरेको भे १ ख ४०८५ नम्बरको बस विनयी खोलाको बाढीले गएराति बगाएको थियो । डाइभर्सनसँगै बाढीले बस बगाएको थियो ।

बाढीले बससँगै डाइभर्सन पनि बगाएपछि नारायणगढ–बुटवल सडकखण्ड फेरि बन्द भएको छ ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077