Jun 10 2026 | २०८३, जेठ २७ गते

10 Jun 2026 | बुधवार, जेठ २७ गते २०८३

बुधवार, जेठ २७ गते २०८३
images
images

देशभर बाढीपहिरोले ११ मुख्य राजमार्ग प्रभावित, ६ सडक पूर्ण अवरुद्ध

देशभर बाढीपहिरोले ११ मुख्य राजमार्ग प्रभावित, ६ सडक पूर्ण अवरुद्ध

बिहिवार , आषाढ ५, २०८२

काठमाडौँ । अविरल वर्षासँगै आएको बाढी र पहिरोका कारण देशका विभिन्न भागहरूमा यातायात अवरुद्ध भएको छ ।

नेपाल प्रहरीले बिहीबार बिहान ९ः१६ बजे सार्वजनिक गरेको सूचना अनुसार ११ मुख्य राजमार्ग प्रभावित भएका हुन् ।

जसमा ६ वटा सडक पूर्णरूपमा बन्द छन् भने ५ वटा सडक एकतर्फी रूपमा सञ्चालनमा रहेका छन् ।

प्रभावित क्षेत्रहरूमा धनकुटा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक, चितवन, नवलपरासी, म्याग्दी, गुल्मी, जुम्ला र डोटी रहेका छन् ।

ती जिल्लामा परेको भीषण वर्षाले सडकमा पहिरो झरेको र केही स्थानमा सडक भासिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्
सम्बन्धित समाचार

सूचना विभाग दर्ता नम्बर

1695/076/077